Incident Reports

जनमोर्चाको कोणसभामा लिम्बुवानद्वारा आक्रमण l

2013-08-30

राष्ट्रिय जनमोर्चा नेपालले ०७० भदौ- १४ गते फिदिममा आयोजना गरेको कोणसभालाई मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषदका कार्यकर्ताले आक्रमण गरेका छन् । फिदिम बजारको गणतन्त्र चोकमा कोणसभा गर्न लागेको बेला लिम्बुवानका कार्यकर्ताले ब्यानर र माइक खोस्दै ढुङ्गा प्रहार गरेको मोर्चाका केन्द्रीय सदस्य एवम् मेची कोशी इञ्चार्ज सुरेन्द्र भण्डारीले बताए । आक्रमणपछि तितर-बितर भएका मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीको उपस्थितिपछि कोणसभा सञ्चालन गरेका थिए । मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषदका जिल्ला सचिव सागर केरुङ्गले संघीयताविरुद्वका गतिविधिको विरोध गरेको बताए । सो घटनामा कोही घाइते नभएको र कसैलाई पनि पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संविबाबु खड्काले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis