Incident Reports

इन्सेकको सहयोगमा बहुविवाहका आरोपितविरूद्ध मुद्दा दर्ता

2018-04-26

Sudurpashchim, Dadeldhura, Parashuram, Ward 4

बहुविवाहको आरोप लगाउँदै परशुराम नगरपालिका-४ कटालकी ललितादेवी चन्दले ३९ वर्षीय पति नरबहादुर चन्दविरूद्ध जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण अन्याय गर्दा पनि पतिविरूद्ध बहुविवाहको मुद्धा दर्ता गर्न नसकेको र इन्सेकले सहयोग गरेपछि आफूले जिल्ला अदालत डडेल्धुरमा पुगी मुद्दा दर्ता गरेको उनले बताएकी छिन । ‘जिल्ला सदरमुकाम आउनका लागि एक दिन पुरै लाग्छ ।’-पीडित चन्दले भनिन्-‘आफूसँग आर्थिक अभाव भएकाले अहिलेसम्म आउन सकेकी थिइनँ । इन्सेकले सहयोग गर्‍यो । म खुसी भएकी छु ।’

0 Comments

Related Reports
Related Trend Analysis