Incident Reports

पत्नीमाथि कुटपिट गरी घर निकाला l

2013-08-30

Dipen Neupane विराटनगर उमनपा-१३ तीनटोलियाकी ४० वर्षीया रोमा अधिकारीलाई उनका पति ४५ वर्षीय केशर भट्टराईले खानलाउन माग गर्दा कुटपिट गरी छोराछोरीसहित भदौ १४ गते घर निकाला गरेका छन् । पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ १४ गते नै उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख जमुना बस्नेतका अनुसार, कुटपिटपछि आरोपितले पीडित र उनका छोराछोरीलाई समेत मानसिक यातना दिने गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । पीडितले यसअघि पनि जिल्ला प्रहरीमा उजुरी दिएकी र मिलापत्र भएको थियो । पीडितका पति एक निजी कम्पनीमा सेल्समेनको काम गर्दछन् । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई पत्राचार गरेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis