Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2013-08-28

Province 1, Jhapa, Gauradhaha

Devraj Gurung खाम्लुङ् गाविस-३ का २० वर्षीय महेन्द्र सामेखामलाई एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भदौ १२ गते झापाको गौरादह गाविस-७ बाट प्रहरीले गिरफ्तार गरेको छ । झापामा पक्राउ परेका आरोपित सामेखामलाई भदौ १४ गते ताप्लेजुङ प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनायो । आरोपितलाई ०६८ मंसीर ४ गते राती १२ बजे बालिकालाई घरमै बलात्कार गरेको आरोपमा पीडितले ०६८ मंसीर ६ गते जिल्ला प्रहरी कार्यालयमा किटानी सहित उजुरी दिएको सइ कृष्णप्रसाद सापकोटाले वताए । सो समयदेखि फरार रहेका आरोपित गिरफ्तर भएपछि घटनाको अनुन्धान अघि वढाइएको सई सापकोटाले वताए ।

0 Comments

Related Reports
Related Trend Analysis