Incident Reports

वीरगन्जमा घरभित्रै बम विस्फोट, भारतीय घाइते

2018-05-01

Madhes, Parsa, Birgunj

वीरगन्जको मेनरोडमा रहेको एक घरमा मंगलबार साँझ बम विस्फोट भएको छ। घण्टाघर–पावरहाउस सडकखण्डको पानीट्याङ्की चोक नजिक रहेको कमलराउत कुर्मीको घरमा अज्ञात समूहले राखेको सुतली बम विस्फोट भएको हो। बम विस्फोटमा परी एक भारतीय नागरिक घाइते भएका छन्। घाइते हुनेमा भारत, विहार राज्य छपराका १८ वर्षिय अमितकुमार पाण्डे रहेको पर्सा प्रहरीले जनाएको छ। घाइते पाण्डेको दाहिने खुट्टामा आगोले पोलेर हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका छन्। जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकबीचको मेनरोडमा रहेको कमल राउत कुर्मीको घरमा अज्ञात समूहले बम बिस्फोट भएको हो। बम विस्फोट भएको घर जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको ब्यारेकबाट करिब दुई सय मिटरकोबीच दुरीमा अवस्थित छ । त्यो घर एक महिनाअघि मात्र कुर्मीले किनेका थिए। कुर्मीले किनेको घर मातृका आई सेन्टरले आखाँ अस्पताल सञ्चालनका लागि भाडामा लिएको थियो । आई सेन्टर सञ्चालनका लागि भाडामा लिएको घरको कोठामा मंगलबार पाण्डेले रंगरोगन गरिरहेका अबस्था सुतली बम विस्फोट भएको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए। बम विस्फोट कसले र किन गराएको भन्ने बारेमा केही खुल्न नसकेको पर्साका प्रहरी प्रवक्ता समेत रहेका लिम्बुले बताए । उनले घटनाका बारे अनुसन्धान भइरहेका बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Morang

0 Comments