Incident Reports

भरुवा बन्दुक बरामद

2018-04-30

Lumbini, Palpa, Tinau, Ward 4

तिनाउ गाउँपालिका-४ सत्यबतीछाप बस्ने २५ वर्षीय बमबहादुर रानाको घर नजिक झाडीमा लुकाएर राखेको अबस्थामा २ नाल भरुवा बन्दुक सोमबार प्रहरीले फेला पारी बरामद गरेको छ । साथै सोही ठाउँ बस्ने २७ वर्षीय नैनसिंह दर्लामीको घरबाट समेत १ नाल भरुवा बन्दुक फेला परी दर्लामी समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बमबहादुरले आफ्नै घरमा अबैधरुपमा राखेको भरुवा बन्दुक आफै पड्कन जाँदा तिर्घामा छर्रा लागेर घाइते भई युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ खटी गएको प्रहरीले खोजी गर्नेक्रममा उक्त हतियार बरामद भएको हो ।

0 Comments

Related Reports
Related Trend Analysis