Incident Reports

चिर्पटले हान्दा बुहारीको मृत्यु, ससुरा पक्राउ

2018-04-30

Bagmati, Kabhrepalanchok, Chaurideurali, Ward 5

RSS जिल्लाको चौरी देउराली गाउँपालिका – ५ गनेटारमा एक महिलालाई आफ्नै ससुराले चिरपटले हिर्काउदा मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय पदमलाल चौलागाइले बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई चिर्पटले हिर्काउँदा मृत्यु भएको काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । गत सोमबार घरायसी झगडामा ससुरा पदमलालले आफ्नै बुहारीलाइ चिरपट दाउराले हानी मृत्यु भएपछि नजिकैको जंगलमा पुरेर फरार भएका प्रहरीले जनाएको छ । बुधबार आफुन्तले दिएको सूचनाका आधारमा प्रहरीले ससुरा पदमलाललाई धुलिखेलस्थित हस्पिटल चोकबाट पक्राउ गरेको छ । शव लुकाउन सहयोग गरेको आरोपमा प्रहरीले विपनाकी सासु जमुना चौलागाइ र नन्द सन्तोषी चौलागाइलाईसमेत प्रहरी पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । बुहारीले आफ्नो औला टोकेपछि प्रतिकारमा चिरपट दाउराले हान्दा उसको ज्यान गएको पदमलालले बयानमा बताएका प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान् नुवाकोटामा ज्यामी काम गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Police website , Local Newspaper - Chitwan

0 Comments