Incident Reports

गोदावरी नगरपालिकाकी उपमेयर श्रीमानबाट कुटिइन्

2018-05-01

Bagmati, Lalitpur, Godawari

ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी श्रीमान्को कुटपिटबाट घाइते भएकी छन् । न्यायिक समितिको संयोजक समेत रहेकी उपमेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनीमाथि कुटपिट गरेका हुन् । मंगलबार साँझ श्रीमान्को कुटपिटबाट घाइते बनेकी अधिकारीले ललितपुर प्रहरी परिसरमा श्रीमान्विरुद्ध ठोडो उजुरी दिएकी छन् । र, श्रीमान्लाई नियन्त्रणमा लिइएको छ । यस विषयमा ललितपुर प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र चन्दसँग जिज्ञासा राख्दा उनले घरायसी विवाद भएको भन्दै अहिले छलफल भइरहेको बताए । श्रीमान्विरुद्ध उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले कुँवरलाई नियन्त्रणमा लिएर परिसरमा जिम्मा लगाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments