Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपित शरणार्थी युवा थुनामा l

2013-09-03

भुटानी शरणार्थी शिविरका १५ र १४ वर्षीया दुई जना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा गिरफ्तार दुई जना शरणार्थी युवा भदौ १८ गते थुनामा परेका छन् । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख राजन कार्कीका अनुसार, थुनामा पर्नेमा शनिश्चरे गाविस-१ स्थित भुटानी शरणार्थी शिविरका २५ वर्षीय डम्फु भनिने कुमार राई र २४ वर्षीय रविन राई रहेका छन् । उनीहरूलाई जिल्ला अदालतका न्यायाधीश ऋषि निरौलालको एकल इजलासको आदेशमा पुर्पक्षका लागि जिल्ला कारागार कार्यालयमा थुनामा राखिएको हो । आरोपितद्वय सुनसरी जिल्लाबाट गिरफ्तार भएका थिए । पीडितहरू पथरी गाविस-१ स्थित बजारमा मेला हेर्ने क्रममा आरोपितहरूले ललाइफकाइ साउन १५ गते शरणार्थी शिविरमा लगेर रातभर सामूहिक बलात्कार गरेका थिए । पीडितद्वयको साउन २० गते उर्लाबारी गाविस-६ मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण भएको थियो । पीडित पक्षले साउन २० गते नै उजुरी दिएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis