Incident Reports

प्रध्यानाध्यापकलाई मरणासन्न हुनेगरी कुटपिट

2018-04-13

Madhes, Dhanusha, Dhanusadham

धनुषाधाम नगरपालिका गोहीया टोल स्थित जनता प्राविका प्रध्यानाध्यापक घुरनकुमार यादवलाई सोहि बिध्यलायाका बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष्य फुल्गेन यादव लगायतले कुटपिट गरेका छन् । बिहिबार राष्ट्रिय बाणिज्य बैंकबाट चेक साटेर संगै फर्किंदै गर्दा राती बिब्यस अध्यक्ष्य यादव लगायतले गम्छाले घांटीमा बेरेर प्रअको हत्या प्रयास गरेका हुन् । घर फर्किने क्रममा दुबैजनाले रक्सी र मासु सेवन गरेको र फर्किने क्रममा आफुँलाई गम्छाले घांटीमा कसेर हत्या प्रयास गरेको प्रध्यानाध्यापक घुरन यादवले बताए । घटनामा संलग्न भएको आरोपमा बिब्यस अध्यक्ष्य फुल्गेन यादव र रामवली यादवलाई प्रहरीले पक्राउ गरेको छ । बिव्यस अध्यक्ष्यका छोरा रोहीत यादव र अर्का आरोपी उमेश यादव फरार भएको प्रहरीले जनाएको छ । बिध्यालयको जग्गा प्रयोगको बिषयमा प्रध्यानाध्य्पकमाथि आक्रमण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports