Incident Reports

हतियार सहित पक्राउ

2018-05-02

Province 1, Taplejung, Sidingba, Ward 4

सिदिङवा गाउँपालिका–४ बस्ने ६६ वर्षीय पदमबहादुर कटुवाललाई १ थान भरुवा बन्दुक र जंगली जनावर घोरलको टाउको र मासु सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । कटुवालले सोही ठाउँको जंगलमा जंगली जनावर घोरल सिकार गरी घरमा राखेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तेल्कोकबाट खटिएको प्रहरी टोलीले उक्त हतियार र घोरलको अंग र मासु बरामद गरी कटुवाललाई प्रकाउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis