Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपित शरणार्थी युवा थुनामा l

2013-09-02

Madhes, Siraha, Bishnupur

Durga Pariyar बर्छवा गाविस-१ की ६५ वर्षीया हवरी देवी महतो र ३५ वर्षीया सावित्रीदेवी महतोलाई कथित बोक्सीको आरोपमा कुटपिट गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहाले भदौ १७ गते मुद्दा दर्ता गरेको छ । सोही गाविसका २८ वर्षीय जगदिश महतो, ३० वर्षीय राम जतन महतो र २१ वर्षीय जिबछ महतोले पीडितहरूलाई बोक्सीको आरोपमा भदौ १५ गते बाँसको भाटाले निर्घात कुटपिट गरेको पीडितले बताएका छन् । पीडितहरूका अनुसार जगदिश महतोको पत्नी बीरामी भएपछि तिमीहरू बोक्सी हौ तिमीहरूले नै बीरामी बनाएको भनेर उनीहरूले कुटपिट गरेका थिए । पहिला पनि बोक्सीको आरोपमा गालिगलौज गरी रहने उनहरूले बताए । कुटाइबाट सावित्रीको हात भाँचिएको र हवरीको आँखा तथा टाउकोमा चोट लागेको छ । दुबै जना पीडितको नव उदय पोली क्लिनीक बिष्णपुरामा उपचार भएको पीडित परिवारले बताए । पीडित परिबारले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १६ गते उजुरी दिएका थिए । पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपित जगदिश महतोलाई भदौ १६ गते गिरफ्तार गरेको सिरहाका एसपी पुर्णचन्द्र जोशीले बताए । उनका अनुसार अन्य आरोपितहरूको खोज तलास जारी रहेकोले गिरफ्तार गरी आवश्यक कानूनी प्रकृया अगाडि बढाउने बताए ।

0 Comments

Related Reports
Related Trend Analysis