Incident Reports

सार्वजनिक गाडी नचल्दा यात्रुलाई हैरानी

2018-05-04

Nepal

सिन्डिकेट तोड्न सरकारले चालेको कदमविरुद्ध उत्रेका यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधन नचलाउँदा मुलुकभरको जनजीवन प्रभावित भएको छ। सार्वजनिक सवारीसाधन नगुडेपछि राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको हो। सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा यातायात सञ्चालन ठप्प भएको हो। महासंघका महासचिव सरोज सिटौलाले सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेकोले सवारी संचालन बन्द गर्नुपरेको बताए। यातायातमा सुधार गर्न सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारको निर्णयले आफूहरू मारमा परेको सिटौलाको दावी छ। व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको आरोप उनले लगाए। महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन्। पढ्नुस् : व्यवसायीले सार्वजनिक सवारीसाधन नचलाउँदा यात्रुलाई सास्ती यद्यपि कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई आज पनि निरन्तरता दिएका छन्। बिहीबार कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का महासचिव कृष्ण आचार्यले जानकारी दिए। काठमाडौंमा साझा यातायातसहित केही यातायात कम्पनीका गाडी चलेका छन्। सडकमा निजीसवारीसाधन, मोटरसाइकल लगायतका गाडीको भने चाप छ। पृथ्वी राजमार्ग ठप्प व्यवसायीको हड्तालका कारण पश्चिम पोखराबाट चल्ने सार्वजनिक यातायातका साधन चलेका छैनन्। पोखरामा पकड रहेको पृथ्वी राजमार्ग यातायात व्यवसायीसँगै स्थानीय श्रृंग र अन्य साना समितिले समेत यातायातका साधन नचलाए पछि तनहुँस्थित पृथ्वी राजमार्ग सुनसान छ। निजी कम्पनीका माइक्रोबस पनि फाट्टफुट्टमात्र चलेका छन्। प्रशासनले हड्तालपूर्व यातायातका साधन चलाउन व्यवसायीसँग पहल गरे पनि समितिहरूले नमानेका हुन्। निजी नम्बर प्लेटका साधनहरुले काठमाडौंका लागि यात्रु बोकिरहेको दृश्य राजमार्गमा देखिएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आफूहरुसँग कुनै सवारीका साधन नभएका कारण यातायात नियमित बनाउन नसकिएको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments