Incident Reports

बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

2018-05-02

३३ वर्षीया र ४३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट वैशाख १९ गते दिउँसो उद्दार गरेको छ । घटनामा संलग्न आरोपितद्वय काठमाडौँ मनपा चावहिल बस्ने अन्दाजी ३५ वर्षीय विनोद घले र पदम घलेको खोजी कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । कुवेत जान हिँडेका महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकोले बेचबिखनका हुनसक्ने भन्दै उद्धार गरिएको डिएसपी पाण्डेले बताए । उद्धार गरिएका महिलाहरूलाई हाल स्थानीय एक संरक्षणगृहमा राखी घर फर्काउन परिवारसँग समन्वय गरिहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

0 Comments