Incident Reports

कारागारमा क्षमता बढी भएकाले बन्दीहरूलाई समस्या l

2013-09-05

जिल्ला कारागार खाँदबारीमा क्षमता भन्दा चार गुणबढी बन्दी राखिएबाट उनीहरूलाई सुत्न र बस्न समस्या भइरहेको छ । २५ जना क्षमता भएको घ श्रेणीको कारागारमा हाल ७६ जना कैद तोकिएका र २४ जना कैद नतोकिएका गरी १ सय जना बन्दीहरू रहेका छन । जसमा १० जना महिला रहेका छन् । कारागारमा खानेपानी देखि लिएर, सुत्ने बस्ने र खाना पकाउने तथा खाने ठाउँको समेत अभाव भएको कारागारका चौकीदार सुनिल राईले बताए । कारागारमा चर्पीको समेत राम्रो व्यवस्था नभएको कैदीहरूले दुखेसो पोखेका छन् । दुई ओटा कोठा मात्र रहेको कारागरामा एउटा कोठामा १० जना महिला र अर्को एउटा कोठामा ९० जना पुरुष बस्नु पर्ने बाध्यता भएकाले सुत्न समेत पालो गर्नु पर्ने बन्दीहरूले भदौ १८ गते इन्सेक प्रतिनिधिसँग गुनासो गरेका छन् । कारागार प्रमुख जेलर डम्बर कटुवाल भने नयाँ भवन निर्माण शुरु भएकाले केही महिनामै स्थानान्तरण गरिने बताए ।

0 Comments

Related Reports
Related Trend Analysis