Incident Reports

छाेरा नपाएकाे भन्दै पत्नीमाथि कुटपिट

2018-05-05

Karnali, Dolpa, Thuli Bheri

ठुलीभेरी नगरपालिका वार्ड–७ जुफाल घर भएकी एक महिला पतिको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । ३२ वर्षीया बिसरा रोकाया पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । २१ बैशाखमा बिहान मदिरा सेवन गरेका रोकायका पति कुमार शाहीले छोरा नपाएको रिसमा घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेका थिए । बेहोस भएकी रोकायाको जुफालस्थित मेडिकलमा उपचारपश्चात होस खुलेको थियो । दायाँ आँखा माथि लागेको घाउमा तीनवटा टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए । पतिबाट पीडित घाइते महिलाको उपचारपछि होस खुलेपछि पतिलाई कारबाही गरिपाउँ भनि बिमानस्थल प्रहरी चौकी जुफालमाउजुरी दिएकी छन् । उनले आफूलाई पटक पटक यातना दिएको भन्दै रोकायाले आफ्नो ज्यान बचाउन प्रहरीलाई अपिल गरेकी छन् । प्रहरीले कुमार शाहीलाई पक्राउ मिलापत्र गराएको प्रहरी इन्चार्ज कृष्णराज शर्माले बताए । अज्ञानता र चेतनाको कमिले गर्दा बिकट हिमाली जिल्ला डोल्पामा महिलामाथि हुने घरेलु हिंसा बढ्दो छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC

0 Comments