Incident Reports

पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार l

2013-09-05

Nepal

Sabitri Sapkota भरतपुर नपा-८ की २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई कुटपिट गरेको आरोपमा पति ३३ वर्षीय रामकुमार श्रेष्ठलाई भदौ १९ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । आफुलाई दिनहुँ मार्ने धम्की दिँदै पतिले कुटपिट गरेको भन्दै पीडितले भदौ १९ गते प्रहरीमा उजुरी दिएपछि आरोपित रामकुमारलाई गिरफ्तार गरिएको महिला तथा बालबालिका सेवा केन्द्रका सई रामप्रसाद पाण्डेले बताए । पतिले सधै मानसिक तथा शारीरिक हिंसा गर्ने गरेको पीडितको उजुरीमा उल्लेख छ । पति रामकुमारले पछिल्लो पटक भदौ १८ गते राती कुटपिट गरेको पीडितले बताइन् । यसभन्दा पहिले दुई-तीन पटक गाउँमै बसेर स्थानीय व्यक्तिहरूले छलफल गरी मिलाए पनि घटना दोहोरिएकोले सहन नसकि प्रहरीमा उजुरी दिन आएको पीडित लक्ष्मीले जनाइन् । घरेलु हिंसामा मुद्दा दर्ता गरिएको र आवश्यक अनुसन्धान गरी कानुनी प्रकृया अगाडि बढाउने महिला सेलका सई पाण्डेले जनाए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis