Incident Reports

अधिकारी हत्याका आरोपितलाई अदालतद्वारा हिरासतमा राख्न दश दिनको म्याद l

2013-09-09

Nepal

Sabitri Sapkota गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा गिरफ्तार भएका एकीकृत नेकपा (माओवादी) का कार्यकर्ता गोरखा फुजेल गाविस-४ का ३५ वर्षीय रामप्रसाद अधिकारीलाई चितवन प्रहरीले २३ गते अदालत पेश गरेको छ । जिल्ला अदालतले घटनाको अनुसन्धानको लागि अधिकारीलाई गिरफ्तार गरेको दिनदेखि लागु हुने गरी दश दिनको म्याद दिएको एसपी प्रद्युम्न कार्कीले बताए । अन्य आरोपितहरू भने फरार रहेको र खोजी कार्य जारी रहेको उनले बताए । 'हामीले निस्पक्ष अनुसन्धान गर्छौ ।' एसपी कार्कीले भने-'आरोपित सबैलाई सकेसम्म छिटो गिरफ्तार गरेर २५ दिनभित्र अदालत पेश गर्ने छौँ ।' मृतक कृष्णप्रसादका दाजु नुरप्रसादले दिएको जाहेरीमा आरोपितहरूमा पशुराम पौडेल, छबिलाल पौडेल, मेघनाथ पौडेल, विष्णु तिवारी, शुभद्रा तिवारी, सीता पौडेल, कालीप्रसाद पौडेल, हिमलाल पौडेल, भीमसेन पौडेल, रामप्रसाद अधिकारी र अर्का ३५ वर्षीय रामप्रसाद अधिकारीको नाम रहेको चितवन जिल्ला अदालतका श्रेस्तेदार दिनबन्धु बरालले बताए । गोरखा जिल्ला फुजेल गाविस-७ का १७ वर्षीय कृष्णप्रसाद अधिकारीको तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले ०६१ जेठ २४ गते चितवनको रत्ननगर नपा-१, बकुलहरबाट अपहरण गरी गोली प्रहर हत्या गरेका थिए । सावित्री सापकोटा

0 Comments