Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2018-05-04

बहुविवाह गरेको आरोपमा प्रहरीले शिद्धकुमाख गाउँपालिका-२ कुईयाझोलका २४ वर्षीय प्रेमबहादुर बुढाथोकी र सोही ठाउँकी २२ वर्षीया सुशीला चलाउनेलाई प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । सुशीला चलाउनेसँग भागी बिहे गरेर नेपालमा बसे प्रहरीले गिरफ्तार गर्ने डरले लुकेर भारत जाने क्रममा माइती नेपालले आरोपित दुवैजनालाई नेपालगञ्जबाट प्रहरीसमक्ष बुझाएको जनाएको छ । प्रेमबहादुर बुढाथोकीकी २३ वर्षीया पत्नी पवित्रा बस्नेत बुढाथोकीले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा बहुविवाहको उजुरी दिएकी थिइन् । पतिले वैशाख १६ गते ति युवतीसँग भागेर विवाह गरेको पीडित पवित्राले आरोपित लगाइन् ।

0 Comments