Incident Reports

पत्रकार पोखरेललाई धम्की दिएको प्रति आपत्ति l

2013-09-07

Nepal

Sabitri Sapkota पत्रकार हरिप्रसाद पोखरेललाई लेख्दै नलेखेको समाचारको विषयलाई लिएर केही व्यक्तिहरूले पटक/पटक टेलिफोन गरी ज्यान लिने धम्की दिएकोमा नेपाल पत्रकार महासंघ, चितवन शाखालगायत पत्रकार सम्वद्ध संघसंस्थाले भदौ २१ गते संयुक्त विज्ञप्ति प्रकाशन गरेर आपत्ति जनाएका छन् । सावित्री सापकोटा पत्रकार पोखरेललाई भदौ २१ गते केही व्यक्तिहरूले टेलिफोन गरी मार्ने धम्की दिएको पीडित पोखरेलले बताए । नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष जनक अर्याल, प्रेस चौतारी नेपाल, चितवनका अध्यक्ष शालिग्राम नेपाल, नेपाल प्रेस युनियन, चितवनका अध्यक्ष बसन्त पराजुली, क्रान्तिकारी पत्रकार संघ, चितवनका अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासंघ, चितवनका अध्यक्ष नवराज ढकाल र स्वतन्त्र पत्रकार संघ, चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेलले प्रेस विज्ञप्ति प्रकाशन गरी सो घटनाप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भदौ १८ काठमाडौँबाट प्रकाशित हुने दृष्टि साप्ताहिकमा प्रकाशित 'गुण्डागर्दीको हब बन्दै चितवन' शीर्षकको समाचारलाई लिएर पोखरेलमाथि उनीहरूले धम्की दिएका बताइएको छ । पोखरेलले भने-'मैले सो समाचार लेखेको हैन । उक्त समाचारबारे मलाई जानकारी समेत छैन् ।' जानकारी नै नभएको समाचार लेखेको भन्दै उनीमाथि पटक/पटक धम्की आउनु खेदजनक रहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ- 'पत्रिकामा प्रकाशित समाचारमा असहमति भए, त्यसको बिरुद्ध कानुनी उपचारमा जाने व्यवस्था हुँदाहुँदै असम्बन्धित र उनले लेख्दै नलेखेको समाचारलाई लिएर पत्रकार पोखरेलमाथि बारम्बार धम्की आउनु खेदपूर्ण विषय हो ।' संयुक्त विज्ञप्तिमा उक्त घटनाका दोषी उपर कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग समेत गरिएको छ । सावित्री सापकोटा

0 Comments