Incident Reports

आफन्तजनको कुटपिटबाट एक महिलाको मृत्यु

2018-05-07

Province 1, Bhojpur, Tyamkemaiyung, Ward 2

टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५८ वर्षीया विद्याकुमारी राईलाई सोही ठेगानाका ५४ वर्षीय नन्दे भाइ प्रमेश राईले कुटपिट गरी वैशाख २४ गते हत्या गरेका छन् । सामान्य घरायसी विवादका कारण विद्याकुमारीलाई प्रमेशले निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपीटबाट विद्याकुमारीको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रमेशको निर्घात कुटपिटबाट घाइते भएकी विद्याकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको थियो । कुटपिटबाट मृत्य भएपछि पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका छन् । उजुरीपछि आरोपित फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दीपेन्द्रकुमार थारु पञ्जियारले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Police website

0 Comments

Related Reports