Incident Reports

पतिद्वारा कुटपिट गरी पत्नीलाई घर निकाला l

2013-09-08

Province 1, Terhathum, Myanglung

Chhatra Rimal तम्फुला गाविस-५ की ३० वर्षीया कमलादेवी विश्वकर्मालाई पति ३८ वर्षीय निर्मल विश्वकर्माले भदौ २२ गते बेलुकी घरायसी विषयमा भएको विवादमा कुटपिट गरी घर निकाला गरेका छन् । पति र पत्नी बीच सामान्य घरायसी निहुँमा भनाभन भएपछि पत्नीलाई पतिले लाठी र मुक्का प्रहार गरी घाइते बनाएका थिए । आरोपीत पतिले कुटपिट गरी गहना, घडी र नागरिकताको प्रमाणपत्र समेत खोसेर घरनिकाला गरेको पीडितले बताइन् । आरोपित पतिले पीडित महिलालाई कुपिटको विषय लिएर प्रहरीमा उजुरी गरे मार्ने धम्की दिएकोले हालसम्म कुनै पनि निकायमा उजुरी गर्न नसकेको जानकारी पीडित कमला विश्वकर्माले बताईन । पीडितले जिल्ला अस्पताल तेह्रथुममा भदौ २३ गते उपचार गरेपछि आफ्नो माईती घर साब्ला गाविस-४ मा नाबालक छोरा सहित गएको बताईन् ।

0 Comments

Related Reports
Related Trend Analysis