Bheri-Babai Diversion Multiple Project was padlocked on May 1, citing discrimination among the workers. Workers and local communities jointly padlocked the project.
Labor Union and stakeholders' community jointly released a press statement stating that all the skilled and unskilled manpower who were products of different Chinese companies should be employed to the soonest. They also said that the workers should be given at least one day paid leave every month.
However, locals have accused the project community of fake counseling. Locals have demanded to complete the remaining work in Haattikhal and Geruwani as soon as possible.
निर्माणाधीन भेरी बबई डाइभर्सन बहुउद्देशीय आयोजनामा मंगलबार तालाबन्दी गरिएको छ। १२९औं अन्तराष्ट्रिय मजदुर दिवस मनाइरहेका बेला आयोजनाले कामदारलाई विभेद गरेको भन्दै मंगलबार आयोजनामा कार्यरत कामदार र त्यहाँका समुदायले संयुक्त रुपमा ताला लगाएका हुन्।
आन्दोलनमा उत्रिएको आयोजनामा आबद्द मजदुर युनियन र सरोकार समितिले बिज्ञप्ति जारी गर्दै आयोजनाले विभिन्न बहानामा नेपाली कामदारलाई निकालेको भन्दै विभिन्न माग समेत अघि सारेको छ। विभिन्न बहानामा आयोजना तथा चाइनिज कम्पनिबाट निकालिएका दक्ष तथा अदक्ष दुवै कामदारहरुलाई प्रत्यक्ष कामदारहरुको रहोबरमा सहमति गराई तत्काल रोजगारी दिईनुपर्ने बिज्ञप्तिमा बताइएको छ। त्यस्तै आन्दोलनरत पक्षले श्रमिकको मासिक रुपमा एक दिन बिदा दिनुपर्ने र सो दिनको पूर्ण तलब भत्ता उपलब्ध गराउनुपर्ने लगायतको माग अघि सरेको छ। आन्दोलनरत स्थानीय समुदायले भने आयोजनाले समुदायलाई झुटा आश्वासन बाडेको आरोप् लगाएको छ। आयोजनाले प्रत्यक्ष प्रभावित रहेको क्षेत्र हात्तीखाल र गेरुवानीमा काम सम्पन्न गर्नुपर्ने लगायतको माग स्थानीय समुदायले अघि सारेका छन्।