Incident Reports

राज्यले प्रत्याभुत गरेका पर्यटन सम्बन्धी सुरक्षा अवधारणा कार्यान्वयनमा जोड l

2013-09-09

Vivek Dhungana काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सरकोकारवालाहरुले राज्यले प्रत्याभुत गरेका पर्यटन सम्बन्धी सुरक्षा अवधारणा कार्यान्वयनमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र ठमेल पर्यटन विकास परिसरको सयुक्त अयोजनामा भदौ २४ गते आयोजित "पर्यटन क्षेत्रमा सुरक्षाका सवालहरु" विषययक अर्न्तक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् । सरोकारवालाहरुले पर्यटन व्यवसाय नेपाल विकासको प्रमुख मेरुदण्ड रहेको भन्दै पर्यटकहरुको सुरक्षा सम्बन्धी प्रश्नहरुलाई राज्यले गम्भीरतापूर्वक लिई उनीहरुको सुरक्षा सम्बन्धि अवधारणा कार्यन्वयनलाई मूर्त रुप दिन जोड दिएका छन् । उनीहरुले पर्यटकहरुको असुरक्षाका तत्वहरुलाई राज्यले बैलैमा सम्बोधन नगरे अन्तर्राष्ट्रिय जगत्मा नकरात्मक सन्देश गई देशको अर्थतन्त्रमा ह्रास आउने बताएका छन् । कार्यक्रममा बौल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले पर्यटकहरुको सुरक्षामा सुरक्षा निकायले खेलेको भुमिका सराहनीय रहेको भन्दै नागरिकले पनि आफ्नो दायित्व र जिम्मेवारीलाई पुरा गरी पर्यटकहरुको सुरक्षामा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिए । गौतमले सवै सरकोकारवाला निकायहरुले प्रहरीसँग हातेमालो गरी पर्यटकहरुको जीउधनको सुरक्षामा सघाउ पुर्‍याउनुपर्ने बताए । कार्यक्रममा बोल्दै युएसआईपी नेपालका राष्ट्रिय सल्लाहकार शोभाकार बुढाथोकीले नागरिकको सुरक्षा अनुभुतिमा हुने भन्दै गाँउ, शहर, व्यक्ति, पेशा, व्यवसाय लगायत सम्पूर्ण क्षेत्रमा राज्यले सुरक्षाको अनुभुति दिन सके मात्रै पर्यटन क्षेत्रबाट देशले आर्थिक, सामाजिक उन्नति गर्न सक्ने बताए । इकोनका अध्यक्ष अर्जुन भट्टराईले राजनीतिकदलहरुको बन्द, हड्ताल र अपराधिक क्रियाकलापलाई सदाको लागि अन्त्य गरी पर्यटन मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए। इन्सेक मध्यमाञ्चल क्षेत्रीय संमयोजक कृष्ण गौतले कार्यक्रममा स्वागत मन्तव्य राख्दै पर्यटकहरुको सुरक्षामा राज्यले के गर्ला भनि पर्खनु भन्दा पनि उनीहरुका लागि आफूले के गर्न सकिन्छ भनि आफ्नो ठाँउबाट सहयोग गर्नु उत्तम हुने बताए । गौतमले पर्यटकहरुका लागि सुरक्षाको विषयनै प्रमुख समस्या रहेको भन्दै राज्य केन्द्रीत सुरक्षा भन्दा पनि मानवीय सुरक्षामा सर्वप्रथम जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक महाशाखाका एसपी बसन्त पन्तले पर्यटकहरुको समस्याहरुलाई नेपला प्रहरीले सहयोग गर्दै आएको र भोलीका दिनमा पनि त्यस कुरा प्रति प्रहरी सचेत रहने प्रतिबद्धता जनाए । पन्तले नागरिक स्वयम् सचेत र जिम्मेवार भई आप-आफ्नो घरबाट पर्यटकहरुको सरक्षाका लागि कदम चाल्नुपर्नेमा जोड दिए । आयोजित कार्यक्रममा युएसआइपी नेपालको सहकार्य र स्कोप नेपालको समन्वय रहेको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis