Incident Reports

बालिका बलात्कारका आरोपित प्रहरी हिरासतमा l

2013-09-09

San Bahadur Thapa छ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय हर्कबहादुर लिम्बूलाई प्रहरीले भदौ २४ गते म्याद थप गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ । मोरङ जिल्ला केराबारी गाविस-७ घर भइ पोखरा उमनपा-७ मासबार बस्ने लिम्बूले भदौ २० गते बालिकाको आमा बाहिर लुगा धोइरहेको बेला पीडितको घरमा टिभी हेर्ने क्रममा बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिएका थिए । आरोपी लिम्बुलाई प्रहरीले सोही दिन गिरफ्तार गरी अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सन्तोष खड्काले बताए । डिएसपी खड्काले आरोपित विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको र पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ २१ गते स्वास्थ्य परीक्षण गरियो बताए । पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

0 Comments

Related Reports
Related Trend Analysis