Incident Reports

मादी नदी पुलमा राखिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

2018-05-13

Gandaki, Tanahun, Byas, Ward 11

(RSS) तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो। सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लले प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको बताए। बम निष्क्रिय पार्दा ठूलो आवाज आएको थियो। प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको जानकारी उनले दिए। पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गरेका थिए। नेपाली सेनाले बैरेनी जाने बाटामा लगेर उक्त बम निष्क्रिय पारेको हो। प्रहरीले कडा सुरक्षाबीच एकतर्फी यातायातलाई निरन्तरता दिएको थियो। नेकपाका कार्यकर्ताले शनिबार राति नै सो ठाउँमा बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments