Incident Reports

रेडियोमा अन्तरवार्ता दिँदादिँदै नेकपाका नेता पक्राउ

2018-05-13

Sudurpashchim, Kailali, Dhangadhi

कैलाली प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई लम्कीस्थित रेडियो स्टेशनबाट पक्राउ गरेको छ । रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिदादिँदै नेकपाका दिलबहादुर साउँदलाई पक्राउ गरेको हो । बन्दको बारेमा जवाफदेही बनाउनका लागि पत्रकार युवराज न्यौपानेले साउँदसँग अन्तरवार्ता लिदै थिए । उनलाई रेडियो स्टेशनबाटै प्रहरीले पक्राउ गरेको भन्दै पत्रकार न्यौपानेसहित लम्कीका पत्रकारले आपत्ति जनाएका छन् । त्यस्तै सञ्चार गृहमा प्रहरी प्रबेश गरेर तानाशाही देखाएको भन्दै त्यस्को चर्को बिरोध भएको छ । दिउँसो करिब ३ बजेतिर इलाका प्रहरी कार्यालय लम्किले साउँदलार्इ रेडियो स्टेशनबाटै पक्राउ गरेको थियो । साउदलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Kailali

0 Comments