Incident Reports

यातायात अवरोध गर्ने ३ जना पक्राउ

2018-05-04

Bagmati, Makawanpur, Hetauda

हेटौडा सवारीसाधन संचालनमा अवरोध गरेको भन्दै मकवानपुर प्रहरीले हेटौडाबाट ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टेम्पो तथा मझौला यातायात व्यावसायी संघ हेटौडाका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, सदस्यहरु कृष्ण बहादुर न्यौपाने र कृष्णकुमार श्रेष्ठ छन्। यात्रुहरुलाई सेवा दिइरहेका भाडाका सवारी संचालनमा अवरोध गर्न खोजेको भन्दै उनीहरुलाई शुक्रबार हेटौडाबाट पक्राउ गरिएको हो। उनीहरुलाई हेटौडाको मूख्य बजार सीमाचोकबाट नियन्त्रणमा लिईएको मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलिपराज झा ले बताए। उनीहरुले यातायात सुविधा दिइरहेको सवारीलाई अवरोध गर्न खोजेपछि नियन्त्रणमा लिइएको उनको भनाइ छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर कानुनी प्रक्रिया अघि बढाइएको झा ले बताए। 'व्यवसायीलाइ पक्राउ गर्नु अत्यन्त दुखद छ। हामीमाथि अत्याचार भयो। हाम्रो आन्दोलन रोकिएको छैन', पक्राउ परेका श्रेष्ठले बताए। सिन्डिकेटको पक्षमा हड्ताल गर्दै आन्दोलनमा उत्रिएका समितिका पदाधिकारीहरुलाई पक्राउ गर्न गृहमंत्री रामबहादुर थापाले आदेश दिएअनुसार उनीहरु पक्राउ परेका हुन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Road block
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments