जसले यस व्यवस्थाको उल्लंघन गर्दछ, त्यसलाई गो हत्या, ब्राह्मण हत्या र पञ्च अनान्तर्यको पाप लाग्नेछ’ भन्ने उल्लेख गरिएको छ, जब कि पञ्च अनान्तर्य बौद्ध मार्गीहरूका लागि समेत पाँच महापातक हुन्, (पूर्ववत् : ११३)।
फ्रान्सेली लेखक तथा संस्कृति विद् गैब्रायल टार्देले तल्लो वर्गमा रहेका मानिसले सदैव उपल्लो वर्गमा रहेका व्यक्तिको संस्कृतिको अनुकरण गर्छन् भनेका छन् । तर, माक्र्सवादी चिन्तक अन्तिनियो ग्राम्सीले शासक वर्गले आफ्नो वर्चस्वलाई कायम राख्न समाजको संस्कृति, विश्वास, व्याख्या, धारणा, मूल्यहरू तथा मान्यतालाई दुरुपयोग गर्छन्, ताकि शासक वर्गको संस्कृतिलाई आदर्श संस्कृति मानियोस् ।
हिन्दू ब्राह्मण र अछुतहरूको सम्बन्धमा दुइवटै सिद्धान्त लागू हुन्छन् ।भारत तथा नेपालको सन्दर्भमा ‘हिन्दू’हरूले लामो समयसम्म शासन गरेको हुँदा उनीहरूले आफ्नो संस्कृतिलाई आदर्श संस्कृतिका रूपमा वर्चस्व मात्र कायम गरेनन् कि उनीहरूको यस्तो वर्चस्वले अन्य समुदाय समेत हिन्दू मूल्य र मान्यता स्विकार्न बाध्य भए।
त्यसैगरी, हिन्दूहरूले उत्पत्तिका आधारमा चतुर्वर्णको विभाजन गरेजस्तै खानपानका आधारमा ब्राह्मण, अब्राह्मण मांसाहारी र अछुत वर्णको सिर्जना गरे । नेपालको संविधान २०७२ लागू भइसकेपछि पनि हिन्दू मूल्य र मान्यताअनुसार गोवधविरुद्धको कानुन बनाई त्यसका आधारमा कुनै निश्चित जात र समुदायलाई अपराधी ठह¥याएको छ । यो धर्मनिरपेक्षताको कार्यान्वयन हो कि सनातन धर्म मानिने ब्राह्मण र हिन्दू धर्म तथा परम्पराको रक्षा हो ?
(लेखक दलित रिडर अभियन्ता हुन्) ।