Incident Reports

बालिका बलात्कार प्रयासका आरोपित हिरासतमा l

2013-09-08

Narayan Parajuli दाउन्नेदेवि गाविस-७ निवासी २८ वर्षीय रामप्रसाद भट्टराईलाई ६ वर्षीया बालिकलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि ०७० भदौ २४ गते गिरफ्तार गरेको छ । शिक्षक भट्टराईले ०७० भदौ ५ गते घरमै बलत्कार प्रयास गरेको भन्दै ०७० भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बालिकाका आफन्तले जाहेरी दिएकोमा भदौ २४ गते प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई सार्वजनिक ऐन अर्न्तर्गत मुद्दा चलाई जिल्ला प्रशासनमा म्याद थपी अनुसन्धानका लागि हिरासतमा राखिएको छ । यसैबीच, आफ्नै छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार गरिएका प्रसौनी गाविस-९ निवासी ३७ वर्षीय जिवन पाण्डे ०७० भदौ २४ गते जिल्ला अदालत आदेशमा ५० हजार धरौटी बुझाई तारेखमा रिहा भएका छन् । आरोपित पाण्डेले ०७० साउन १२ गते शिवमन्दिर गाविस-३ स्थित जङ्गलमा १६ वर्षीया र १७ वर्षीया बालिकालाई ०७० साउन १६ गते बलात्कार प्रयास गरेको भन्दै ०७० भदौ २ गते पीडित दुवैले इलाका प्रहरी कार्यलय कावासतीमा जाहेरी दिएका थिए । सोही दिन प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धानपछि ०७० भदौ २४ गते जिल्ला अदालत पेश गरेकोमा भदौ २५ गते ५० हजार धरौटी राखी तारेखमा उनी रिहा भएका हुन् । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis