Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-05-05

Bagmati, Dhading, Gajuri

५५ वर्षीया महिलालाई वैशाख २२ गते बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का ३५ वर्षीय किरण बस्नेतविरुद्ध पीडित पक्षले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । अपाङ्गता भएकी पीडित महिलालाई बलात्कार गरेको भनी प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए । पीडित पक्षले वैशाख २२ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि जिल्ला प्रहरी कार्यालयमा फाइल नपठाएका कारण उजुरी दर्तामा ढिलाइ भएको हो । प्रहरीले पीडित पक्ष सम्पर्कमा नआएकोले ढिलाइ भएको जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १ गते जिल्ला अस्पतालमा गरिएको छ । आरोपितलाई अनुसन्धानका लागि वैशाख ३१ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments