Incident Reports

चोरीको आरोपमा गिरफ्तार गरी हिरासतमा राखेर यातना

2018-05-16

Bagmati, Sindhupalchok, Barhabise

आफन्तलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा राखेर यातना दिएको भन्दै जेठ २ गते स्थानीयले इलाका प्रहरी कार्यालय बाह्रबिसे घेराउ गरेका छन् । लिसङ्खुपाखर गाउँपालिका-६ स्थित सिलढुङ्गाको एक पसलमा काम गरी बस्ने सोही ठाउँका विजय श्रेष्ठ, हेमराज पाण्डे र रविन पाण्डेलाई जेठ २ गते बिहान चोरीको आरोपमा प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेमा पुर्‍याएर एक घण्टासम्म कुटपिट गरी यातना दिएको पीडितपक्षको आरोप छ । प्रहरीको यातनापछि पीडितहरू रुवाबासी गर्दै चिच्याएपछि स्थानीयले थाहा पाएका थिए । प्रहरीको यातनाविरूद्ध स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरेको स्थानीयबासी दिपक श्रेष्ठले बताए । उनका अनुसार स्थानीयको विरोधपछि कुटपिट गर्न छाडेर घटनाको अनुसन्धान गर्ने र आफ्नो सङ्गठनको तर्फबाट गल्ती भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर पञ्चकुमार पाकुले स्वीकार गरेका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखरेलसँग सम्पर्क गर्दा एक जना प्रहरी जवानको लापरवाहीले घटना भएको बताए । तर, प्रहरी जवानको नाम भने एसपी पोखरेलले उल्लेख गर्न चाहेनन् । लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालका अनुसार प्रहरीको कुटपिटबाट घाइते भएका तीनै जनाको घाउजाँच गरी यातनाविरूद्ध कानुनी उपचार खोजिने छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 3
INSEC

0 Comments

Related Reports