Incident Reports

गृहकार्य नगरेको भन्दै कुटपिट, विद्यार्थीको टाउको फुट्यो

2018-05-17

Sudurpashchim, Dadeldhura, Parashuram, Ward 2

डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा शिक्षकबाट एक विद्यार्थी निर्घात कुटिएका छन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट परशुराम नगरपालिका–२, गोगनका १२ वर्षीय राम कामीको टाउकोमा गम्भीर चोट लागेको छ । इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको जानकारी दिए । कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका कामीको विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पुर्‍याइएको थियो । तर त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लान लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले जानकारी दिए । विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही र उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , INSEC , Local Newspaper - Kailali

0 Comments