Incident Reports

शिक्षिकाको कुटाइबाट कक्षा ५ मा पढ्ने बालकको दाँत भाँचियो

2018-05-17

Lumbini, Gulmi, Resunga

गुल्मीमा शिक्षिकाको कुटाइबाट एक बालक घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालय कक्षा ५ मा पढ्ने अनमोल जिसी शिक्षिकाको कुटाइबाट घाइते भएका हुन् । बिहीबार बिद्यालयमा पढ्न स्कुल गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुट्ने क्रममा दाँत भाँचिएको हो । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछि घटना सार्वजनिक भएको थियो । शिक्षिकाको कुटाइबाट घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । कक्षा बिद्यार्थीहरुले हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाँचिएको बताइएको छ । बिद्यालयबाट बालक रुदै आएर बुझने क्रममा शिक्षिकाले हानेर दात भाँचिएको बताएको वालकी अभिभावक मिना जिसीले बताइन् । शिक्षिकाको कुटाईबाट बालक घाइते भन्ने सम्बन्धमा बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट गल्ती भएको स्वीकारेका छन् । उनले घटना थाहा पाउन साथ शिक्षिकासँग् बुझ्ने क्रममा केही गल्ती भएको स्वीकारेका हुन् । प्रधानाध्यापक भण्डारीले शिक्षिकाको कुटाईबाट घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य बिषयमा पछि छलफल गर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments