Incident Reports

भरुवा बन्दुकसहित दुई पक्राउ

2018-05-17

Province 1, Dhankuta, Sangurigadhi, Ward 6

साँगुरीगढी गाउँपालिका वडा नं ६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ।जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय ३४ वर्षीय फौदासिङ मगर र ३५ वर्षीय लालबहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले बिहीबार राति लोड भएको भरुवा बन्दुकसहित पक्राउ गरेको हो। पक्राउ गरिएका दुबैजनालाई भरुवा बन्दुकसहित थप अनुसन्धानका जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको प्रहरी निरीक्षक आमोद खेरवारले बताए।

0 Comments

Related Reports
Related Trend Analysis