Incident Reports

बलात्कार गरेको आरोपमा दुई जना विरुद्ध जाहेरी दर्ता l

2013-09-07

Sur Bahadur Pariyar एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा भदौ २२ गते किटानी जाहेरी दर्ता भएको छ । बालिका बलात्कार गरेको आरोपमा धनगढी नपा-८ का २० वर्षीय गुड्डु चौधरी र २० वर्षीय ध्रुव चौधरीले पीडित बालिकालाई भदौ २० गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २१ गते सेती अञ्चल अस्पतालमा भएको थियो । घटनामा संलग्न भनिएका दुवै जना फारार रहेको जिल्ला प्रहरीले जनायो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis