Incident Reports

हतियार सहित तीन सिकारी पक्राउ

2018-04-15

Lumbini, Bardiya, Barbardiya

बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रको कलवरी फाँटबाट हतियार सहित तीन सिकारी पक्राउ परेका छन् । किल्लाको बारबर्दिया-९ स्थित फाँटमा सिकार खेल्ने क्रममा नेपाली सेनाले हतियार सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-९ का मेघराज परियार, जनकराम थारु र कुन्नु राम थारु रहेको निकुन्जना प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए । पक्राउ परेका सिकारीको साथबाट निकुन्जको टोलीले एक थान भरुवा बन्दुक सहित ११ ठ गोली, बारुद र खुकुरी बरामद गरेको हो ।
Local Newspaper - Kailali

0 Comments

Related Reports
Related Trend Analysis