Incident Reports

घरनिकाला गर्ने पति गिरफ्तार l

2013-09-11

Durga Pariyar लहान नपालिका २ की ४० वर्षीया रेश्मीदेवी यादवलाई घरनिकाला गरेको आरोपमा पति ४५ वर्षीय हरि यादवलाई इलाका प्रहरी कार्यालय लहानले भदौ २६ गते गिरफ्तार गरेको छ । पतिले ६ ओटी छोरी भएका कारण पटकपटक कुटपिट गरी खानलाउन नदिई घरनिकाला गरेको भन्दै प्रहरीले कारवाहीका लागि यादवलाई गिरफ्तार गरेको हो । पीडितका अनुसार भदौ २१ गते दिएको उजुरीको विषयमा प्रहरीले यादवलाई इलाका प्रहरी कार्यालयमा बोलाएको निउँमा भदौ २५ गते कुटपिट गरी घरबाट निकालेका हुन् । घरबाट निकालिएपछि पीडित छिमेकीको घरमा आश्रय लिएर बसेकी छन् । घटनाको जानकारी पाएर महिला अधिकारकर्मीहरूले प्रहरीमा दवाव दिएपछि आरोपीलाई गिरफ्तार गरेको अधिकारकर्मी श्यामकुमारी साहले बताइन् । इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर ललनप्रसाद कुर्मीले पीडितको उजुरीको आधारमा आरोपीतलाई गिरफ्तार गरेको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis