Incident Reports

अज्ञात समूहद्वारा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको भवनमा आगजानी

2018-05-19

Province 1, Panchthar, Hilihang, Ward 6

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत हिलिहाङ गाउँपालिका-६ स्थित भारापमा निर्माण गरिएको भवनमा जेठ ५ गते राति अज्ञात समूहले आगजानी गरेको छ । परियोजना अन्तर्गत सो स्थानमा ब्लक विकास समितिको भवन निर्माण गरिएको थियो । आगजानीबाट भवनमा भण्डारण गरेर राखिएका पाईप, विउ, मलका साथै समितिका सम्पूर्ण कागजातहरू नष्ट भएको हिलिहाङ गाउँपालिकाका प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बूले बताए । रातिको समयमा आगो लागेकाले नियन्त्रण गर्न नसकिएको ब्लक विकास समितिका सचिव रविन तिम्सिनाले बताए । गाउँपालिकासँग दमकल नभएको र फिदिम नगरपालिकाको दमकल ल्याइपुर्‍याउनु अगाडि नै भवन पूर्ण रूपमा जलेको उनले जानकारी दिए । घटनाको जानकारी पाउनसाथ प्रहरी परिचालन गरिएको र सो विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
INSEC , Local Newspaper - Panchthar

0 Comments