Incident Reports

No translation available.

2018-05-21

Lumbini, Banke, Nepalgunj

कुलरत्न भुर्तेल र वीरबहादुर डाँगीको संयुक्त इजलासले ०७३ मंसिर २२ गते आमाको नामबाट नागरिकता दिन आदेश दिएको थियो । ‘तर मुद्दा फैसला भइसकेपछि पनि नागरिकता दिन प्रशासनले आलटाल गर्‍यो,’ अधिवक्ता शाह भन्छन्, ‘फैसला भएको डेढ वर्षपछि शुक्रबार प्रशासनले नागरिकता दिएको छ ।’ नागरिकता ऐनअनुसार १६ वर्ष पूरा भएपछि नागरिकता लिन पाउने कानुनी व्यवस्था छ । तर आमाको नामबाट नागरिकता पाउँदासम्म शिवानी र दीक्षा क्रमश: २५ र २३ वर्षका भए । उच्च अदालतले नेपालगन्ज इजलासले करिब एक दर्जन रिटमा आमाको नामबाट नागरिकता दिन आदेश दिइसकेको छ । नागरिकता ऐन संशोधन नहुँदा प्रशासनले नागरिकता बनाउन आमासँगै बुबाको नागरिकता पनि अनिवार्य पेस गर्नुपर्ने जनाउँदै आएको छ । अदालतले भने आमाको नामबाट नागरिकता दिन विभेद गर्न नपाउने भन्दै आदेश दिँदै आएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले नयाँ संवैधानिक व्यवस्था र नागरिकता ऐन, २०६३ का व्यवस्था बाझिएका कारण आमाको नामबाट वंशजको नागरिकता दिन समस्या भइरहेको बताए । नेपालको संविधान २०७२ को धारा १० र १२, नेपालको नागरिकता ऐन, २०६३ को ३ (१) ले कुनै पनि नेपालीलाई नागरिकताबाट वञ्चित गर्न नमिल्ने व्यवस्था गरेको छ । यस्तै, बुबा, आमा नेपाली नागरिक हो भने निजका सन्तानले वंशजकै आधारमा नागरिकता लिन सक्नेछन् । विवाहित छोरीले आमा, बुबा वा श्रीमान्को नामबाट नागरिकता लिन सक्ने कानुनी व्यवस्था छ ।

0 Comments

Related Trend Analysis