Incident Reports

दुई नाबालक प्रहरी हिरासतमा l

2013-09-11

Bagmati, Chitawan, Rapti

Durga Thapa अभिभावक जिम्मा लिन नआउँदा सुर्खेतमा प्रहरीले तीन जना नाबालक ०७० भदौ १८ गतेदेखि हिरासतमा रहेका छन् । चोरीको आरोपमा वीरेन्द्रनगरवाट पक्राउ परेका उनीहरूलाई अभिभावकको जिम्मा लगाउन नसक्दा हिरासतमा राख्नुपरेको प्रहरीले जनाएको छ । अभिभावकको जिम्मा लगाई तारेखमा राखी अनुसन्धान गर्ने कानुनी व्यवस्था भएपनि अभिभावक नआउँदा हिरासतमा राख्नुपरेको डिएसपी दीपक रेग्मीले बताए । जिल्ला बालकल्याण समितिको जिम्मा लगाउन खोजेपनि राख्ने ठाँउ नभएको भन्दै समितिले लिन नमानेको प्रहरीको भनाई छ । चोरीमा संलग्न १६ वर्षमुनिका नाबालकहरूलाई म्याद थपेर अनुसन्धान गर्न मिल्ने भएकोले अहिले म्याद थपेर उनीहरूमाथि अनुसन्धान भैरहेको पनि रेग्मीले जानकारी दिए । यसैबीच गत साउन २२ गते दुई नाबालकले चोरी गरी ल्याएको ल्यापटपलाई एक हजारमा किन्ने वीनपा-६ का विशाल श्रेष्ठलाई पनि ती नाबालकहरूसँगै प्रहरीले पक्राउ गरेको छ । अभिभावक लिन नआएपछि प्रहरी हिरासतमा राखिएका ती नाबालकहरूसँगै म्याद थप गरी श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । दुर्गा थापा

0 Comments