Incident Reports

अज्ञात समूहद्वारा इँटा भट्टामा बम विष्फोट

2018-05-21

Bagmati, Dhading, Dhunibesi, Ward 3

धुनीबेसी नपा-३ जिवनपुरमा सञ्चालित जीवनपुर इँटा उद्योगमा अज्ञात समूहले जेठ ७ गते बिहान कोही नभएको मौकामा अज्ञात समूहले इँटा भट्टामा सकेट बम विष्फोट गराएको पीडित पक्षले जनाएको छ । बम विष्फोटका कारण इँटा भट्टाको चिम्नी, जेनेरेटर, ट्याक्टरलगायतका सामग्रीमा गरी ६ लाख रुपियाँ बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर जीवन निरौलाले बताए । घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विष्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । ६ महिनाअघि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दा मागेको र चन्दा नदिएकाले उक्त विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । ६ महिनाअघि उक्त पार्टीका कार्यकर्ताले चन्दा मागेपछि इँटा भट्टाका सञ्चालक पुरुषेत्तम महर्जनले प्रहरीमा खबर गरेका थिए । ६ सय मजदुरले काम गर्ने उक्त भट्टामा मजदुरहरू नभएको मौकामा विष्फोट गराएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC , Local Newspaper - Bara

0 Comments