Incident Reports

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका तीन महिलाको उद्धार, आरोपित गिरफ्तार

2018-05-21

बेचबिखनका लागि भारततर्फ लगिँदै गरेका धादिङ जिल्ला गल्छी गाँउपालिका-५ का २३ वर्षीया दुई जना र २५ वर्षीया एक जना महिलालाई प्रहरीले जेठ ७ गते गुलरिया नपा-१ खैरापुरबाट उद्धार गरेको जनाएको छ । प्रहरीले उक्त घटनाका आरोपित बारबर्दिया नपा-१ का ३३ वर्षीय अम्मरबहादुर थापालाई खैरापुरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले बताए । थापासँगै गिरफ्तार भएकी एक महिलाको नाम र ठेगाना भने प्रहरीले गोप्य राखेको छ । तीन जना महिलालाई सिमाना पारी लैजाँदै गरेको अवस्थामा थापालाई स्थानीयको सहयोगमा गुलरिया नपा-१ खैरापुरबाट प्रहरीले गिरफ्तार गरेको जनाएको हो । गिरफ्तार भएका व्यक्तिका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान पश्चात कानुनी कारबाही अगाडी बढाउने एसपी भट्टराईले बताए । उद्धार गरिएका महिलाको अभिभावकलाई खबर गरी जिम्मा लगाउने तयार भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments