Incident Reports

बलात्कार गरेको आरोपमा एक जना गिरफ्तार l

2013-09-11

Pratap Bishta किशोरीलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौडा नगरपालिका-५ की १८ वर्षीया किशोरीलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोपमा प्रहरीले हेटौडा नगरपालिका-५ का १९ वर्षीय रितेश ढकाललाई ०७० भदौ २६ गते पक्राउ गरेको हो । अभियुक्त ढकालले ०७० भदौ २४ गते बेलुका किशोरी लठ्याउने औषधी मिसाएको चकलेट खान दिएर बेहोस बनाएर धानबारीमा बलात्कार गरेको पीडितले बताइन् । होसमा आएपछि उनले घरमा गएर अभिभावकलाई आफु बलात्कृत भएको घटना जानकारी गराएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis