Incident Reports

बहुविवाह गर्ने विरुद्ध मुद्दा दर्ता l

2013-09-12

Nepal

Sabitri Sapkota पटिहानी गाविस-५ बस्ने ३८ वर्षीय होमप्रसाद अधिकारी र सोही स्थान बस्ने २१ वर्षीया सुनिता क्षेत्री अधिकारीका विरुद्ध बहुबिवाह गरेको आरोपमा भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । होमप्रसादकी जेठी पत्नी ३२ वर्षीया सकुन्तला अधिकारीले दिएको उजुरीको आधारमा अनुसन्धान गरी आरोपित दुवैका विरुद्ध बहुविवाहमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर जीवलाल चूदालीले बताए । घरमा जेठी पत्नी हुँदाहुँदै होमप्रसादले सुनितासँग दोस्रो विवाह गरेको आफूलाई भदौ ५ गते थाहा भएको पीडितले बताइन् । बहुबिवाह गर्ने दुवैलाई कारवाहीको माग गर्दै सकुन्तलाले २७ गते प्रहरीमा उजुरी दिइन् । आरोपित दुवैलाई उजुरी परेकै दिन गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढाएको इन्सपेक्टर चूदालीले बताए । पटिहानी गाविस-५ बस्ने ३८ वर्षीय होमप्रसाद अधिकारी र सोही स्थान बस्ने २१ वर्षीया सुनिता क्षेत्री अधिकारीका विरुद्ध बहुबिवाह गरेको आरोपमा भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । होमप्रसादकी जेठी पत्नी ३२ वर्षीया सकुन्तला अधिकारीले दिएको उजुरीको आधारमा अनुसन्धान गरी आरोपित दुवैका विरुद्ध बहुविवाहमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर जीवलाल चूदालीले बताए । घरमा जेठी पत्नी हुँदाहुँदै होमप्रसादले सुनितासँग दोस्रो विवाह गरेको आफूलाई भदौ ५ गते थाहा भएको पीडितले बताइन् । बहुबिवाह गर्ने दुवैलाई कारवाहीको माग गर्दै सकुन्तलाले २७ गते प्रहरीमा उजुरी दिइन् । आरोपित दुवैलाई उजुरी परेकै दिन गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढाएको इन्सपेक्टर चूदालीले बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis