Incident Reports

बालिका बलात्कार गरेको आरोपमा खत्री पक्राउ

2018-05-22

Bagmati, Bhaktapur, Changunarayan, Ward 4

महानगरीय प्रहरी परिसर भक्तपुरले एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । गत चैत १२ गते भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बस्ने सुजन खत्री काब्या (बालिका, परिवर्तित नाम )लाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । खत्रीले आफ्नै घर कोठामा डर, त्रास दिई जबरजस्ती करणी गरेको भन्ने पीडितको परिवारको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट मंगलबार पक्राउ गरेको महानगरिय प्रहरी परिसर जानकारी दिएको छ । पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडी बढाईएको छ । थप अनुसन्धान कार्य भइरहेको भक्तपुरका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक शुसिल कुमार पाण्डले जानकारी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments