Incident Reports

बलात्कारको प्रयास गर्ने गिरफ्तार l

2013-09-12

Chhatra Rimal २८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सिम्ले गाविस-४ का ५० वर्षीय नरध्वज लिम्बुलाई भदौ २७ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुमले गिरफ्तार गरेको छ । पीडित महिलाको पति घरमा नभएको बेला भदौ २६ गते बेलुकी आरोपितले बलात्कारको प्रयास गरेका थिए । बलात्कारको प्रयास गर्ने लिम्बूलाई पीडितले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा गिरफ्तार गरीएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घरबाटै गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएस्पी उमाशंकर पजियारले बताए । छत्र रिमाल

0 Comments

Related Reports
Related Trend Analysis