Incident Reports

थुक चाट्ने सजाय दिए वडाध्यक्षले।

2018-05-22

पिपरा गाउँपालिका–६ का वडाध्यक्ष रामदेव हात्तीले स्थानीय एक महिलालाई धानको भुस चोरेको आरोपमा थुक चाट्न लगाएर सजाय दिएका छन् । स्थानीय सुकदेव साहकी ३७ वर्षीया श्रीमती समतोलियादेवी साहलाई वडाध्यक्ष हात्तीले भुस चोरेबापत सादा कागजमा सही गराएर थुक चाट्न लगाएका हुन् । आफूमाथि वडाध्यक्षले कुटपिटसमेत गरेको पीडित साहले बताइन् । गत १६ वैशाखमा साहले छिमेकी जगरनाथ हात्तीको घरबाट नसोधीकन एक डालो भुस ल्याएकी थिइन् । आफूले खुट्टा समाएर माफी मागे पनि वडाध्यक्षले कुटपिट गर्दै सार्वजनिक ठाउँमा थुक चाट्न लगाएको साहले बताइन् । आफूमाथि वडाध्यक्षले अन्याय गरेको भन्दै उनले न्यायका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन् । प्रहरीले मुद्दा दर्ता गरे पनि वडाध्यक्षलाई कारबाही नगरेपछि अदालत गुहारेको उनले बताइन् । न्यायका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा गए पनि न्याय नपाएको उनको भनाइ छ । महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले यो मुद्दा गाउँमै मिलाउन भने पनि साह परिवारले नमानेको बताए ।
National/Online Media , Local Newspaper - Mahottari

0 Comments

Related Reports
Related Trend Analysis