Incident Reports

बुहारीको हत्या गरेको आरोपमा ससुरा गिरफ्तार

2018-05-20

Madhes, Parsa, Birgunj

पर्सागढी नपा-४ हरदासपुर की २३ वर्षीया रिङ्कु पटेलको हत्या गरेको आरोपमा प्रहरीले जेठ ८ गते ५१ वर्षीय ससुरा प्रेम पटेललाई गिरफ्तार गरेको छ । घरमा लुकिछिपी बसिरहेको अवस्थामा घटनाका आरोपित प्रेमलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए । उक्त घटनाका आरोपित रिङ्कुका २५ वर्षीय पति भूपेन्द्र पटेल भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव पाष्टमार्टम गरि जेठ ७ गते नै पीडित परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । जेठ ६ गते रिङ्कु घरैमा मृत अवस्थामा भेटिएकी थिइन् । उनले पासो लगाएर आत्महत्या गरेको ससुरा पटेलले बताएका छन् । माइती पक्षले भने रिङ्कुको हत्या भएको भन्दै कारबाहीको माग गर्दै जेठ ७ गते जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका थिए । प्रहरीका अनुसार पासो काटेर रिङ्कुको शवलाई खाटमा सुताएको अवस्थामा भेटिएको थियो । जेठ ६ गते नै प्रहरीले रिङ्कुका पति र ससुरालाई गिरफ्तार गरेको भएपनि अनुसन्धान नगरी छाडेको पीडित पक्षको आरोप छ । रिङ्कुका बुवा बीरगञ्ज महानगरपालिका-१७ अलौका ५० वर्षीय प्रभू पटेलले दाइजो बापत दिएको पाँच कठ्ठा खेत बेच्न नमान्दा आफ्नो छोरीको हत्या गरिएको दावी गरेका छन् । रिङ्कुका बुवाले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डीएसपी मानबहादुर राईले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments