Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-05-21

Lumbini, Rupandehi, Omsatiya, Ward 5

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-५ मौजा गौरीका २० वर्षीय रोशन शाहनी निशादलाई आरोपितको घरबाटै जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको थियो । पीडित बालिकाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए । त्यसैगरी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-७ का १९ वर्षीय किशन हरिजनलाई जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments